बैतडीमा १६ बर्षीया रेखा मृत फेला

बैतडी : बैतडीमा एक किशोरी मृत फेला परेकी छन्।

जिल्लाको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन्। उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

Deep Jyoti Pustak psl
Loading...