अत्तरिया : अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गरिएको छ ।
नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै अत्तरिया उद्योग वाणिज्य संघले प्रहरीमा किटानी जाहेरी दिएको हो । संघले अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध किटानी जाहेरी दिएको थियो ।
संघका पदाधिकारीको जाहेरी दर्ता भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएपी कुलदिप चन्दले किटानी जाहेरी दिएका दुवै जनालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी पनि जारी भइसकेको बताए ।
उनले दुवै जनालाई पक्राउ गर्न प्रहरीले खोजिरहेको बताए ।
