एसपीएका प्राध्यापक पक्राउ

धनगढी : कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)का एक प्राध्यापक पक्राउ परेका छन्।

एसपीएका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी शनिवार पक्राउ परेका हुन्। होटेल व्यवस्थापन तर्फका संयोजक रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन्।

एकेडेमीमा सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवाद भएपछि प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको कैलाली प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।

आइतवार सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...