कञ्चनपुरमा लागुऔषधसहित मनोज र सक्षम पक्राउ

धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादरबाट उनीहरु पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय मनोज चन्द र वडा नम्बर ४ का २४ वर्षीय सक्षम जैशी रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले सून्य दशमलव ३१ ग्राम लागुऔषध फेला पारेको हो। इलाका प्रहरी कार्यालय, बेलौरीको समूहले उनीहरुलाई लागु औषधसहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान जारी रहेको छ।

Deep Jyoti Pustak psl
Loading...