एमाले जिल्ला अधिवेशन : चुरेबाट २६ जना प्रतिनिधि छनोट

अत्तरिया : एमालेको ९औं कैलाली जिल्ला अधिवेशनका लागि चुरे गाउपालिका बाट २६ जना प्रतिनिधि छनोट भएका छन ।

सोमबार चुरे गाउपालिकाले जिल्ला अधिवेशनमा सहभागि हुने वडा, जनजाती र दलित प्रतिनिधिको टुङ्गो लगाएको हो । जसमा चुरे गाउपालिका वडा नं. १ बाट रमेश कडेल, टेक ब बम (रजवार), र शान्ती बम, वडा नम्बर २ बाट धन ब पहराइ, वडा नम्बर ३ बाट हरी प्रसाद सापकोटा, हिक्मत भाट, निर्मला पाण्डे छनोट भएका छन् ।

यस्तै वडा नम्बर ४ बाट चक्र ब. बोगटी, वडा नम्बर ५ बाट जितमल धामी, भावना देवकोटा, वडा नम्बर ६ बाट सुरत बिस्ट र मान ब. साउद पुरुषतर्फ छनोट भएका छन भने महिला प्रतिनिधि छनोटका लागि भने चुनाव भएको थियो ।

सरस्वती साउँद र निर्मला रावत बिच सहमति नभएपछि चुनावि प्रक्रियाबाट छनोट गर्नुपरेको हो । चुनाबबाट सरस्वती साउँद ३३ मत पाएर छनोट भएकी छन भने निर्मला रावत ३१ मत पाएर पराजित भएकी छन ।

यस्तै जनजाति कलष्टरबाट रेशम थापा, ठक्कर राना, चन्द्र ब. लामिछाने मगर, सुसिला सिजापती मगर, जीवन थापा मगर, टेक ब.आले मगर, प्रीती बुडा मगर, पुस्पा बरै मगर,प्रेम ब गुरुङ छनोट भएका छन् भने दलित कलष्टरबाट हिरा बिक, शेर बहादुर टमाटा, मनिशा बिक गौतम, हेम बिक छनोट भएका छन ।

Loading...