अमौरा स्थित सडक खण्डबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी : कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जानकी गाउँपालिका–५ अमौरा स्थित सडक खण्डबाट ८८० मिलिग्राम लागूऔषधसहित लम्की चुहा नगरपालिका–२ कान्छिबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलवार साँझ पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Deep Jyoti Pustak psl
Loading...