विद्युतीय अपराध मुद्दामा पक्राउ परेका कञ्चनपुरका पत्रकार भट्ट र कुँवर रिहा

धनगढी : विद्युतीय अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका कञ्चनपुरका पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवर रिहा भएका छन । कञ्चनपुर प्रहरीले उनीहरुलाई बुधबार राती रिहा गरेको हो ।

सोही मुद्दामा पक्राउ परेका माओवादी केन्द्रका प्रदेश सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक पनि बुधबार नै रिहा भइसकेका छन ।

Deep Jyoti Pustak psl
Loading...