धनगढी : कैलालीको धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ बस्ने ३४ वर्षीय गोरे भन्ने रबी शर्मालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो सोही स्थानबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १९ दिन कैद सजाय ठहर भएपछि उनी फरार रहेका थिए।