४५ वर्षीया महिलालाई करणी गरी फरार रहेका २८ वर्षीय जोशी पक्राउ

अत्तरिया : बैतडीका एक युवक करणीको आरोपमा पक्राउ परेका छन्।

जिल्लाको मेलौली नगरपालिका–५ खलिगाडका २८ वर्षीय नरेश जोशीलाई करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

जोशी असोज २१ गते बिहान मेलौली–६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिलालाई करणी गरी फरार रहेका थिए।

फरार रहेको जोशीलाई आइतवार साँझ लामालेकबाट पक्राउ गरेको प्रहरी निरीक्षक खत्रीले बताए। पक्राउ परेका जोशीविरूद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको छ।

Deep Jyoti Pustak psl
Loading...