सुखड : नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज पनी मतदान शुरु हुन सकेको छैन ।
एमाले कैलालीमा सहमतीको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयासले सार्थकता नपाएपछि मतदानको प्रक्रिया अघि बढाइएको थियो । निर्वाचन कमिटिले दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकेको थियो तर अहिले सम्म पनि मतदान प्रक्रिया सुरु भएको छैन।
अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका थिए तर एकजनाले उम्मेदवारी फिर्ता लिएका छन । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे र कमलसिंह रानाले उम्मेदवारी दिएका थिए ।
तर अहिले भने डेजी पाण्डेलाइ समर्थन गर्दै कमलसिंह रानाले उम्मेदवारी फिर्ता लिएका छन । रानाले उम्मेदवारी फिर्ता लिए सङै जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा जोशी,सचिव डेजि पाण्डे र पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना गरी तीन जना बिच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ ।
उपाध्यक्षमा विष्णु चौधरी, वीरेन्द्र रावल, आनन्द भट्ट, मदनराज ओझा,दलबहादुर विष्ट र लोकेन्द्रबहादुर शाही छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी रहेका छन् ।
उपसचिवमा राजु गुरुङ,किशोर शाह, चुडामणी भट्ट, मदनराज रेग्मी, नृप खड्का, रत्ना कुवर जोशी, भुवन रिजाल , चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।
उम्मेदवारी दर्ता गरेर उम्मेदवारहरु भने आफ्नो पुर्ण तयारीमा जुटेका छन् । अहिले प्रतिनिधि मतदाता संग भेटघाट गरेर भोटमाग्नमा व्यस्त छन् ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौँ जिल्ला अधिवेशनले उद्घाटन गरेका थिए ।