धनगढी : स्वस्थानी व्रत समापनको अवसरमा धनगढीको दृष्टि फाउन्डेसनलाई सहयोग गरिएको छ।
धनगढी– ५ को पिपलचौतारा बजार व्यवस्थापन समितिले दृष्टि फाउन्डेसनलाई खाद्यान्न, फलफूल जुत्ता चप्पल सहयोग गरेको हो।
पिपलचौतारा बजार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम ऐरसहितको समूहले दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टलाई शनिवार १७ हजार ६५० मूल्य बराबरको सामग्री सहयोग गरेका हुन्
। समितिले एक क्वीन्टल चामल, १० किलोग्राम दाल, ५० किलोग्राम आलु, एक पेटी खानेतेल, १३ किलोग्राम फलफूल १७ जोर जुत्ता–चप्पल, २५ जोर मोजा र ५ सय ग्राम मसला सहयोग गरेको अध्यक्ष ऐरले बताएका छन्।