गोदावरीबाट लेखा समितिमा बालकृष्ण भट्टराई बिजयी 

अत्तरिया : नेकपा एमाले कैलालीको लेखा समिति सदस्यमा बालकृष्ण भट्टराई बिजयी भएका छन् । जिल्लाको नवौं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट भट्टराई बिजयी भएका हुन् ।

गोदावरी नगरपालिका वडा नम्बर ३ बाट अधिवेशन प्रतिनिधि गएका भट्टराई लेखा समितिको सदस्यमा विजयी भएका छन् ।‌ समितिमा ४ जना सदस्यका लागि भट्टराई लगायत ५ जनाले उम्मेदवारी दिएका थिए । धनबहादुर बुढामगर, बहादुर सिंह कार्की, बिरेन्द्र शाही बिजयी भएका छन् ।

समितिको अध्यक्षमा रामचन्द्र जोशी विजयी भएका छन् ।

फागुन ६ गतेबाट सुरू भएकाे एमाले नवाैँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएकाे थियाे । कुल ५ सय ९१ प्रतिनिधि रहेकाेमा पाँच सय ७७ मत खसेकाे थियाे ।

बिद्यार्थी राजनितिबाट अगाडि बढेका भट्टराई पछिल्लो समयमा पार्टिको हरेक क्रियाकलापमा सहभागि हुदै आएका छन् । उनले २०७९ को स्थानिय निर्वाचनमा गोदावरीको वडा नम्बर ३ मा वडाध्यक्षको दाबि समेत गरेका थिए । स्नाकोत्तर अध्ययन गरेका भट्टराई राजनिति संगसंगै व्यवसायी गरिरहेका छन् ।

Loading...