गोदावरीमा तेस्रो पटक नदीजन्य पदार्थ संकलनका लागि सुचना जारी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ संकलनका लागि तेस्रो पटक ठेक्का आह्वान गरेको छ ।

नगरपालिकाले आज सुचना जारी गर्दै तेस्रो पटकका लागि ठेक्का आह्वान गरेको जनाएको छ । यसअघि नगरपालिकाले भदौ ६ गते पहिलो पटक र असोज ६ गते दोस्रो पटक सुचना जारी गरिसकेको छ ।

पहिलो पटक नगरपालिकाले ३० दिनको समयावधी तोकेर सुचना प्रकाशित गरेको थियो भने दोस्रो पटक १५ दिनको समयावधी तोकेर सुचना प्रकाशित गरेको थियो । नगरपालिकाले तेस्रो पटकको सुचना एक हप्ताको समयावधी तोकेर प्रकाशित गरेको हो ।

विगतमा गोदावरीका तिन वटा नदीको एउटै बोलपत्र आह्वान गरिदै आएकोमा यस पटक भने खुटिया नदीको छुटै र खैराना नदी र गोदावरी नदीको छुटै बोलपत्र आह्वान गरिएको छ ।

जस अनुसार खुटिया नदीको न्यूनतम बोलपत्र रकम ८ करोड ७६ लाख ७ हजार ७२८ र खैराना र गोदावरी नदीको न्यूनतम बोलपत्र रकम ४ करोड ९७ लाख ६ हजार १५६ तोकिएको छ ।

गत आर्थीक बर्षमा नगरपालिकाले ८ पटक सम्म बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि आफैले कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थको विक्री शुल्क संकलन गरेको थियो । यसपटक पनि नगरपालिकाले दुई पटक सुचना जारी गरिसक्दा समेत ठेकेदार पाउन सकेको छैन ।

नगरपालिकाले नदीजन्य पदार्थ संकलनका लागि हरेक आर्थीक बर्षमा बोलपत्र आह्वान गरेर ठेकेदार मार्फत नदीजन्य पदार्थको विक्रि शुल्क उठाउने गरेको छ ।

Dhangadhi 2081
Loading...