एमालेको डडेल्धुरा जिल्ला अधिवेशन परशुराममा हुने, उद्धघाटनका लागि अध्यक्ष ओली आउदै

डडेल्धुरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा आउँने भएका छन्।

एमाले डडेल्धुरा जिल्लाको ९औँ अधिवेशनको उद्धघाटनका लागि ओली डडेल्धुरा आउन लागेका हुन्।

नेकपा एमालेको जिल्ला अधिवेशन जोगबुडाको परशुराम नगरपालिकामा फाल्गुन ३० गते हुने भएको छ। सोमवार अधिवेशन लोगो सार्वजनिक गर्दै नेकपा एमाले जिल्ला कमिटि डडेल्धुराले ९औँ अधिवेशन परशुराम नगरपालिका १२ लालढुंगा बजारको रंगशालामा हुने जानकारी दिएको छ।

एमाले जिल्ला कमिटि संयोजक गजेन्द्रबहादुर शाहीले फागुन ३० गते एमाले केन्द्रिय अध्यक्ष केपी ओलीले उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए।

Deep Jyoti Pustak psl
Loading...