बैतडी : बैतडीको मेलौली नगरपालिकामा महिलाहरुको देउडा प्रतियोगिता हुने भएको छ ।
नगरपालिकाले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर यहि फागुन २४ गते प्रतियोगिता गर्न लागेको हो । महिला अधिकार तथा महिला हिंसा न्यूनिकरण सम्बन्धि एकदिने देउडा प्रतियोगिता हुने मेलौली नगरपालिकाकी महिला विकास निरीक्षक लक्ष्मी भट्टले जानकारी दिइन् ।
प्रतियोगिताबाट महिलाहरुलाई आफ्ना अधिकारबारे अवगत हुनुका साथै महिला हिंसा न्यूनिकरणमा समेत टेवा पुग्ने नगरपालिकाले अपेक्षा लिएको छ । प्रतियोगिताबाट प्रथम, द्धितिय र तृतीय हुने समूहलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागि हुन चाहनेले यहि फागुन २३ गतेभित्र नामदर्ता गराईसक्नुपर्ने बताईएको छ ।
