डोटीमा चितुवाले बाख्रा मार्यो

डोटी : डोटीमा चितुवाले ११ वटा बाख्रा मारेको छ।

आज (मंगलबार) जिल्लाको सिलगढी–दिपायल नगरपालिका–७ टुसाखालस्थित बाटुलाखानका सोभानसिंह विष्टका ११ वटा बाख्रा चितुवाले आक्रमण गरेर मारेको हो।

गोठभित्र बाँधिएका बाख्रा जंगली जनावर चितुवाले आक्रमण गरेर विष्टका ११ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Dhangadhi 2081
Loading...