सञ्चारकर्मी जेठाराको नयाँ गीत ‘माया गर्ने मन’ सार्वजनिक

अत्तरिया : सञ्चारकर्मी नवीन जेठारा महासागरले ‘माया गर्ने मन’ बोलको गीत सार्वजनिक गरेका छन्। महासागरको शब्द सङ्गीतमा रहेको लोक दोहोरी गीत ‘माया गर्ने मन’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा स्वर सुनिता बुढा क्षेत्री, नवीन जेठरा महासागर र अर्जुन साउँदको रहेको छ। लोकदोहोरी गीत फागुन २० गते रानी म्युजिक सोलुसन अफिसीयल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

माया प्रीति सम्बन्धीको नयाँ लोकदोहोरी गीत सबैले मन पराउने गायक महासागरको दाबी छ। सञ्चार जगतको क्षेत्रमा लामो समयदेखि कार्यरत गायक महासागरले आफ्नो स्वर र सिर्जनामा एक दर्जन भन्दा बढी डिजे, लोकदोहोरी र डेउडा गीत बजारमा सार्वजनिक समेत गरिसकेका छन्।

उनी डोटी, कैलाली, सुर्खेत जिल्लाका सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएका छन्। हाल उनी डोटीको बडीकेदारमा रहेको सामुदायिक रेडियो बडीकेदारमा कार्यक्रम संयोजकको रूपमा कार्यरत छन्।

हेर्नुहोस भिडियो : 

Dhangadhi 2081
Loading...