डडेल्धुराको भागेश्वर मावि शिर्षमा अक्षयकोष स्थापना गरिने, सहयोगको अपिल

श्याम बोहरा,(परिगाउँ) : डडेल्धुराको भागेश्वर माध्यमीक बिद्यालयमा अक्षयकोष स्थापना गरिने भएको छ । जिल्लाको परशुराम नगरपालीका वार्ड नम्बर ३ मा रहेको भागेश्वर माध्यमीक बिद्यालय शिर्षमा भुतपुर्व बिद्यार्थी एवं अभिभावक अक्षय कोष स्थापना गरिने भएको हो ।

बिद्यालय क्षेत्रभित्रका सम्पुर्ण अभिभावक र भुतपुर्व बिद्यार्थीहरुको सहयोगमा रु एक लाख रकम बराबरको अक्षय कोष स्थापना गरिन लागेको उक्त अक्षय कोष स्थापना गर्न सहयोग गरिरहेका समाजसेवि मनिष ऐर बिरहिले बताए ।

Godawari_Badhi

कोष स्थापनाका लागी उक्त बिद्यालयका शिक्षक तथा लेखापाल टंक पनेरु, समाजसेवि चन्द्रकान्त पाण्डेय र आफु स्वयंले पहल चलाइरहेको ऐरले बताए ।

उक्त अक्षय कोषबाट बिभिन्न समस्यामा परेका बालबालिकालाइ सहयोग गरीने उनले बताए। उनले अक्षय कोष स्थापनाका लागी सम्पुर्ण अभिभावक र भुतपुर्व बिद्यार्थीहरुलाइ सहयोगको लागी आग्रह गरेका छन ।

”सबैले सहयोग गरे हामी अक्षय कोष बनाउन सफल हुन्छौँ, धेरै समाजसेवि मित्रहरुले सहयोग गरिरहेका छन, हामि लगभग एक लाखको कोष स्थापना गर्छौ”  उनले भने ”हामीले लगभग असि हजार सम्म जम्मा गरिसकेका छौँ अब बाकी सहयोगका लागी अपिल गर्छौँ”।

वि.सं.२०२० सालमा स्थापना भएको उक्त बिद्यालय हाल कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।

Dhn Upamahanagarpalika_Badhi
Loading...