कैलालीबाट करणी मुद्दामा फरार रहेका आशीस पक्राउ

धनगढी : कैलालीबाट करणी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

भजनी नगरपालिका–९ भुरुवा बस्ने २८ वर्षीय आशीस राजीलाई ईलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–५ कुटीबाट शुक्रवार पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीको फैसलाले जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना २ दिन कैद सजाय र २ लाख जरीवाना ठहर भएपछि राजी फिरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Dhangadhi 2081
Loading...