कैलालीमा अबैध बोईलर कुखुरा, माछासहित भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका बोईलर कुखुरा र माछालगाएत अनय सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २० हजार मूल्यको प्याज,बोईलर कुखुरा लगायतका सामान, भजनी नगरपालिका–७ हिम्मतपुरबाट १५ हजार ७५० मूल्यको माछा बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै गोदावरी नगरपालिका–३ चुट्की बजार नजिकबाट १२ हजार ९५० मूल्यको प्याज,चिनी,सुर्ती,चक्लेट,ललिपप लगायतका सामानगरि जम्मा ४८ हजार ६७० बराबरको सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Dhangadhi 2081
Loading...