गोदावरीमा १ वर्षे दलित सशक्तीकरण परियोजना सञ्चालनमा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा दलित सशक्तीकरण परियोजना सञ्चालन भएको छ ।

दलित विकास सेवा केन्द्रले गोदावरीमा १ वर्षे दलित सशक्तीकरण परियोजना सञ्चालन गरेको हो । आइतबार नगर उपप्रमुख शारदा रोकायाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सुरुवाती तथा समन्वय बैठकमा बोल्दै केन्द्रका अध्यक्ष टेक बिकले परियोजना मार्फत जातीय भेदभाव तथा छुवाछुतको अन्त्यका लागि काम गरिने बताए ।

उनले परियोजना सञ्चालन पछि सबैका लागि सबै अवस्थामा मानव अधिकार पवद्र्धन गर्न दलित तथा गैह्र दलित समुदाय तथा सबै तहका संस्थाहरुको सामूहिक आवाज र कार्यहरूमा वृद्धि हुने अपेक्षा लिएको बताए ।

उनले परियोजना मार्फत सबै तहमा दलितहरूको अर्थपूर्ण सहभागिताको लागि पैरवी गरी जनप्रतिनिधिहरू सँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने बताए । परियोजना अन्तरगत अन्तरजातीय संवाद, धार्मिक तथा सामाजिक व्यक्तित्व परिचालन, प्रदेश स्तरीय दलित सामाजिक मञ्च आयोजना, दलित मैत्री योजना तर्जुमाका लागि पैरवी अभियान सञ्चालन गरिने जनाइएको छ ।

द फ्रिडम फाउण्डको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना फेब्रुअरी २०२५ सम्म सञ्चालन हुने जनाइएको छ ।

Dhangadhi 2081
Loading...