बैतडी : नेकपा एमाले बैतडीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । जिल्ला अधिवेशन पाटनमा सुरु भइरहेको हो ।
एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका अनुसार दिउँसो १२ बजे अधिवेशनको उद्घाटन गरिनेछ ।
अधिवेशनका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र केन्द्रीय सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आइतवार नै बैतडी पुगिसकेका छन् भने राजेन्द्रसिंह रावल, कर्णसिंह थापासहितका नेता पनि बैतडी पुगेका छन् । अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिनेछ ।
अधिवेशनका लागि ६३१ जना प्रतिनिधि छनौट भइसकेका बताइएको छ । १२६ जना आयोजक, ४४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका एमाले बैतडीले जनाएको छ ।
