अत्तरिया चोकमा बोलेरोले २ रेलिङ भाचेपछी…

अत्तरिया : कैलालीको अत्तरिया चोकमा जीपले रेलिङ भाचेको छ ।

भीमदत्त नगरपालिका – १२ का सुरेश रानाले चलाएको बा १८ च ७९०६ नम्बरको बोलेरो जीपले चोकको घेरबारका लागि प्रयोग भएका २ रेलिङ भाचेको हो ।

सोमबार राती जीपले रेलिङ भाचेपछि प्रहरीले नियन्त्रणमा लिएर मर्मत गर्न लगाएको छ ।

अहिले जीप नियन्त्रणमा रहेको र रेलिङ मर्मतको काम भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन ।

Dhangadhi 2081
Loading...