परिगाउँ : डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका हुन् ।
उनीहरुले नगरपालिकासहित मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको विज्ञप्तीमार्फत जानकारी दिएका छन् । विज्ञप्तीमा उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका वडाअध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामी लगायतको समूहले ज्यानमार्ने उद्देश्यले सुनियोजित हमला गर्दै गम्भिर घाइते बनाएको उल्लेख छ ।
बिहीबार भएको कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै कुर्सी हानाहान गरेको बताइएको छ । नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए ।
आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि निमित्त प्रमुख प्रसासकिय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।
हेर्नुहोस् विज्ञप्ती :
