कैलालीमा लागुऔषधसहित एक भारतीय पक्राउ

धनगढी : कैलालीबाट ठुलो परिमाणको लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको लम्कीबाट भारतको उत्तर प्रदेश कानपुरका मोहन तिवारी लागुऔषधसहति पक्राउ परेका हुन्।

उनी लम्कीचुहा–७ को एक गुटका कम्पनीमा काम गर्दै आएका थिए। उनको साथबाट चार ग्राम ५३० मिलिग्राम लागुऔषध फेला परेको छ। लम्की प्रहरीले बसपार्क क्षेत्रमा कारोबार गर्दै आएका तिवारीलाई पक्राउ गरेको हो।

तिवारी लागुऔषधको कारोबारी रहेको खुलेको हो। तर, उनी कारोबारमा सङ्लग्न रहेको समयको बारेमा पूर्ण जानकारी आएको छैन। लम्की प्रहरीले सो घटनामा थप अनुसन्धान गर्दैछ।

Dhangadhi 2081
Loading...