धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख नजिर मियाँले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार धनगढी आइपुगेका मियाँले प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख मियाँले सबै पक्षसँग समन्वय र सल्लाह गरेर कामकाज गर्ने प्रतिबद्वता जनाएका छन् ।
मियाँ मुस्लिम समुदायबाट प्रदेश प्रमुख बनेका पहिलो व्यक्ति हुन् । १५ माघ २००८ सालमा अर्घाखाँचीको साविक पालि गाविस– २ तथा अहिलेको पाणिनी गाउँपालिका–८ मा जन्मिएका मियाँलाई सरकारले सुदूरपश्चिमका प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका थिए । उर्दु र नेपाली भाषामा माध्यमिक तहसम्मको अध्ययन गरेका मियाँ एमालेबाट २०६४ सालमा समानुपातिक संविधानसभा सदस्य बनेका मियाँ अहिलेसम्म कुनै राजकीय पदमा नबसेका व्यक्ति हुन् ।
