कञ्चनपुरमा अवैध काठसहित राना पक्राउ

कञ्चनपुर :कञचनपुरमा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्।

लालझाडी गाउँपालिका–४ जाइशिबिरका जितेश राना पक्राउ परेका हुन्। रानालाई राँगा गाडा(डल्लब) मा विभिन्न साइजका १५ गोलिया (२०.९१) क्युफिट अवैध काठ ल्याइरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

काठसहित रानालाई शव डिभिजन वन कार्यालय महेन्द्रनगर बुझाएको प्रहरीले जनाएको छ।

Loading...