कञ्चनपुर : कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन्। लागुऔषधको मुद्दामा फरार रहेका चरा भनीने रामप्रसाद डगौरा पक्राउ परेका छन्।
उनलाई २०७९ मंसिर २१ गते १० महिना २१ दिन कैद, चार सय जरीवाना तोकिएको थियो। यस्तै विरेन्द्र चन्द र इन्द्रबहादुर रावत पनि पक्राउ परेका छ।
विरन्द्रलाई कुटपिट मुद्दामा २०४८ असोज २७ गते ७५० रुपैँया जरिवाना र इन्द्रलाई २०६० चैत्र ५ गते कुटपिटकै मुद्दामा एक हजार ८७५ रुपैँया जरिवाना तोकिएको थियो।
लामो समयदेखि फरार रहेका तीनै जनालाई आइतवार पक्राउ गरि अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
