कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

धनगढी : कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका–१ लम्की चोकबाट ४ ग्राम ५५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश साँउद र २१ वर्षीय जनक बि.क.लाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो।

यसैगरी लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय प्रकाश बि.कलाई पनि सोही राति टिकापुर रोडबाट ८२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको छ।

यी तीनै जनालाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...