भन्सार छलीका सामानसहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१८ गल्लि नम्बर ४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामानसहित भीमदत्त नगरपालिका–१५ बस्ने ३२ वर्षीय भुवन लुहारलाई बुधवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।

लुहारलाई १ लाख ५२ हजार ५७४ मूल्यको पंखाको व्यारिङ, पंखाको सेल, मोटर क्वाइल, स्माट वाच सानो ठुलो, नट बोल्ट, लगायतका सामानसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका–१० तुम्नाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १२ हजार मूल्यको डिजे, बेलौरी नगरपालिका–६ भुराकोटबाट ६० हजार मूल्यको प्याज, साईकल ४ थान प्रहरीले बरामद गरेको छ।

दोधारा चाँदनी नगरपालिका–७ कंञ्भोजबाट ६ हजार मूल्यको बोईलर कुखुरा र पुनर्वास नगरपालिका–१० अमरबस्ती, पुनर्वास नगरपालिका–११ गुम्बाबाट ७६ हजार ८ सय मूल्यको बिडी, सुर्ती, गुट्खा, प्लाष्टिक झिल्ली, लेडिज सुट बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...