कैलालीमा फरार दोषी महिला पक्राउ

धनगढी : कैलालीको धनगढीबाट एक फरार दोषी महिला पक्राउ परेकी छन्।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ की ३५ वर्षीया सिन्धु भट्ट पक्राउ परेकी हुन्। जिल्ला अदालत, कैलालीको बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएकी भट्टलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले भट्टलाई बिहिवार पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको छ।

Dhangadhi 2081
Loading...