दुइ युवक लागुऔषधसहित पक्राउ

धनगढी : धनगढीका एकसहित २ युवक लागुऔषधसहित पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखाबाट एक दशमलव ६७ ग्राम लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–३ पर्सियाका २१ वर्षीय मनोज राना र धनगढी–७ मनेहराका २७ वर्षीय राम औतार राना बिहिवार पक्राउ परेका हुन्।

उनीहरूको साथबाट प्रहरीले से ७ प ६३२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालय, बेलौरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

Dhangadhi 2081
Loading...