डोटीमा रुखबाट लडेर २५ वर्षीया महिला घाइते By रेडियाे अत्तरिया On २०८० चैत्र ९, शुक्रबार १७:२९ अत्तरिया : डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको आदर्श गाउँपालिका–७ की २५ वर्षीया कलु किमाडी रुखबाट लडेर घाइते भएकी हुन् । उनको सुजङ अस्पताल राजपुर, डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।