डोटीमा माटोको ढिस्कोले पुरिएकी निर्मलाको मृत्यु

डोटी : डोटीमा माटोको ढिस्कोले पुरिएकी एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका-९ ढुङग भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा माथीबाट खसेको माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको हो ।

शिखर नगरपालिका-९ छोया बस्ने बसन्त रोस्याराकी श्रीमती २२ वर्षीया निर्मला रोस्याराको शनिवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । सोही ठाँउका अन्य ३ जना समान्य घाईते भएका छन् ।

घाईते हुनेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीया लक्ष्मी रोस्यारा, २९ वर्षीया दिपा रोस्यारा र ४० वर्षीया सुना भुल रहेको प्रवक्ता श्रीवास्तवले जानकारी दिए । माटोको ढिस्को खसेर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिलतालीबाट प्रहरी टोली खटिई उद्दार गरेको थियो ।

Dhangadhi 2081
Loading...