अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत खुटिया नदीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको पुष्टि भएको छ । उनी गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ५५ वर्षीय श्याम दमाई रहेको बताईएको छ ।
मानसिक बिरामी समेत रहेका उनी हिजोदेखी हराईरहेका थिए । दमाईको मृत्यु भईसकेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बरालले बताएका छन् ।
मृत्युको कारण भने खुल्न सकेको छैन । खुटिया पुल मुनी आज बिहान पुरुषलाई अर्धचेत अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।