मावि लाइसेन्सको परीक्षा १० गते, कुन प्रदेशबाट कति छन् विद्यार्थी ?

काठमाडौं : शिक्षक सेवा आयोगले कार्तिक १० गते माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा लिँदै छ। आयोगले उक्त परीक्षाको लागि परीक्षा केन्द्र तोकिसकेको छ ।

आयोगका अनुसार जम्मा परीक्षार्थी संख्या ४४ हजार पाँच सय १० जना रहेका छन् । जसमध्ये कोशी प्रदेशबाट ६ हजार ९ सय ७४ जना परीक्षार्थी रहेका छन् । परीक्षा केन्द्र मोरङ तोकिएको छ । मधेश प्रदेशबाट ७ हजार २ सय २२ रहेका छन् । परीक्षा केन्द्र धनुषा तोकिएको छ ।

बागमती प्रदेश मकवानपुर परीक्षा केन्द्रका लागि पाँच हजार परीक्षार्थीहरू छन् । यस्तै,बागमती प्रदेश परीक्षाकेन्द्र ललितपुरका लागि पाँच हजार १ सय २५ जना परीक्षार्थीहरू छन् । गण्डकी प्रदेश कास्की परीक्षा केन्द्रका लागि ३ हजार १ सय छन्। लुम्बिनी प्रदेशबाट ६ हजार ८ सय २ जना परीक्षार्थीहरू छन् ।

परीक्षा केन्द्र दाङ तोकिएको छ । कर्णाली प्रदेशको परीक्षा केन्द्र सुर्खेत जिल्लाको लागि चार हजार ३ सय १२ जना परीक्षार्थीहरू छन् । सुदूरपश्चिम प्रदेशबाट पाँच हजार ९ सय ७५ जना परीक्षार्थीहरू रहेका छन् । यसको लागि कैलाली परीक्षा केन्द्र तोकिएको छ ।

शिक्षक सेवा आयोगले गत साउन २६ गते मावि लाइसेन्सको लागि विज्ञापन गरेको थियो। परीक्षा समय दिउँसो १ बजेदेखि सञ्चालन हुने आयोगले जनाएकाे छ ।

Deep Jyoti Pustak psl
Loading...