अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु

Dhangadhi_Tihar 2083

अत्तरिया : अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ।
जिल्लाको साँफेबगर नगरपालिका–५ का ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो।
चैते दशैँको अवसरमा घरमा काटेको खसीको मासु खाएका कुँवरको घाँटीमा मासु अड्किएको थियो। गाउँ घरमा काटेको खसीको मासु घर लगेर पकाएर खाने समयमा उनको घाँटीमा अड्किएपछि बेहोस भएका थिए। उनलाई शनिवार बिहान बयलपाटा अस्पताल उपचारका लागि लगिएको थियो। अस्पतालका चिकित्सकहरूले शनिवार दिउँसो मृत घोषणा गरेका हुन।

Loading...