कैलालीको टीकापुरबाट लागूऔषधसहित २ जना पक्राउ

धनगढी : कैलालीको टीकापुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका–१ ब्लक नम्वर १० बस्ने ३१ वर्षीय लक्ष्मण वन र २८ वर्षीय गजेन्द्र रावल लागूऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट २ ग्राम ४७० मिलिग्राम लागूऔषध फेला पारी उक्त पदार्थसहित दुबै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...