कैलालीमा विभिन्न मुद्दामा फरार २७ जना पक्राउ

धनगढी : कैलालीबाट विभिन्न मुद्दामा फरार २७ जना प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २७ जना फरार प्रतिवादीहरुलाई उनीहरुको घर ठेगानाबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले आईतवार पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराईएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...