करणी अभियोगमा धनगढीका एक पुरुष पक्राउ

धनगढी : धनगढीका एक पुरुष जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ३८ वर्षीय झंकुराम डगौरालाई प्रहरीले सोमवार पक्राउ गरेको हो।

डगौराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक राजकुमार सिंहले जानकारी दिए।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सिंहले बताएका छन्।

Deep Jyoti Pustak psl
Loading...