रास्वपा गोदावरीले आजबाट सुरु गर्यो प्रथम वडा अधिवेशन

रास्वपा गोदावरी-१ को सभापतिमा खडायत चयन

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी कैलालीले आजबाट प्रथम वडा अधिवेशन सुरु गरेको छ । आज वडा नम्बर १ को वडा अधिवेशन सम्पन्न भएको छ।

रास्वपाका गोदावरी नगर अध्यक्ष दीपक ओझाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा रास्वपाका प्रदेश सहमहामन्त्री गणेश बोहरा प्रमुख अतिथि रहेका थिए ।

अधिवेशनबाट वडा सभापतिमा राम बहादुर खडायत चयन भएका छन् । समितिको उपसभापतिमा बसन्ती भट्ट, सचिवमा सिता खड्का चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा कमला खडायत बोहरा, नरेन्द्र बहादुर खडायत, करन सिंह बोहरा, नर बहादुर ऐर र कर्ण बहादुर बोहरा चयन भएका छन् ।

Loading...