अत्तरिया : नेकपा एमालेले कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल रुपमा लेखराज भट्टको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको नेकपा एमाले क्षेत्र नं. ४ समन्वय कमिटिको बैठकले भट्टलाई आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।
शुक्रबार समन्वय कमिटिका संयोजक गणेश जिमि साउँदको अध्यक्षता तथा केन्द्रिय सदस्य सन्तोषी शर्मा थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले भट्टलाई एकल रुपमा सिफारिस गरेको थियो ।
संयोजक साउँदले सुदूरपश्चिममा नेकपा एमालेको खम्बाका रुपमा उभिएका भट्टलाई एकल रुपमा सिफारिस गरिएको जानकारी दिए । भट्ट नेकपा एमालेका केन्द्रिय उपमहासचिव समेत हुन ।