गोदावरी-८ मजगाउँमा माघ महोत्सव आयोजना हुने

अत्तरिया : कैलालीको गोदावरी-८ मा नगर स्तरिय थारु माघ महोत्सव २०८२ हुने भएको छ । ‘संस्कृति संरक्षण, स्थानीय पर्यटन ओ आधुनिक कृषि प्रर्वद्धनके लाग एकजुट हुइ’ भन्ने मुल नाराका साथ मजगाउँमा गोदावरी नगर स्तरीय थारु माघ महोत्सव २०८२ हुने भएको हो ।

थारू कल्याणकारिणी सभा गोदावरी नगरसमिति, बरघर भलमन्सा नगरसमिति, मजगाउँ थारु समुदायिक होमस्टे र न्यू खुँटिया चारपाटे युवा क्लबको आयोजनामा महोत्सव आयोजना हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव माघ १२, १३ र १४ गते तीनदिने माघ महोत्सव आयोजना हुने थारु कल्याण सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीले बताए । उनले थारू समुदायको लोककला, रितीसंस्कृति, गीतबास, रितीरिवाज, चालचलन बोलीभाषा संरक्षण सम्बद्धनका लागि महोत्सव आयोजना गर्न लागेको बताए ।

‘थारू समुदायको पहिचानसँग जोडिएका लोककला, रितीसंस्कृति, गीतबास, रितीरिवाज, चालचलन, बोलीभाषा, लवाई खवाई दिनप्रति दिन हराउँदै गएको छ, त्यसलाई संरक्षण सम्वद्र्धनका लागि महोत्सव आयोजना गरिन लागेका छौैँ’,उनले भने ।

थाकस कैलालीका पूर्व कावा सभापति माधव चौधरीले थारू समुदायको संस्कृति संरक्षण तथा ऐतिहासिक बस्तुहरु जगेर्ना गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिन लागेको बताए । यसका साथै उनले स्थानीय पर्यटन, आधुनिक कृषि प्रवर्धन र पर्यावरण संरक्षणका लागि पनि महोत्सव आयोजना गरिन लागेका बताए ।

उनले भने,‘थारू समुदाय लोककला, रितीसंस्कृति र ऐतिहासिक बस्तुहरुको जगेर्ना र स्थानीय पर्यटन तथा आधुनिक कृषि प्रर्वद्धनका लागि महोत्सवको आयोजना गर्न गइरहेका छौँ । यसमहोत्सवले समाजको लागि सकारत्मक भूमिका खेल्ने छ ।’

महोत्सवमा स्थानीय भाँकीहरू प्रदर्शनका साथै थारू राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा ऐतिहासिक थारू खानपानको व्यवस्था, थारू कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारू समाज सेवा तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायतका स्टल रहने छ ।

Deep Jyoti Pustak psl
Loading...