बाजुराको बुढीगंगामा ७ कर्मचारी निलम्बन

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार प्रकरणका कारण सात कर्मचारी निलम्बनमा परेका छन्।

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कानुनी व्यवस्था अनुसार आरोपित कर्मचारीहरू स्वतः निलम्बनमा परेका हुन्।

निलम्बित कर्मचारीमा तत्कालीन अधिकृत छैटौँ नरेन्द्र नाथ, सब–इन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक बसन्तबहादुर थापा रहेका छन्।

नगर प्रमुख राम बहादुर बानियाँका अनुसार कर्मचारी निलम्बनमा हुँदा शिक्षा, प्रशासन र प्राविधिक शाखा प्रभावित भएको छ। हालैको सरुवा र नियुक्ति प्रक्रिया अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत भेटनरी शाखा प्रमुख प्रेम जैशी भए पनि आर्थिक अधिकारको जिम्मेवारी उनीसहित हाजिर नभएका अन्य अधिकारीहरूसँग छैन।

अख्तियारले दायर गरेको आरोपपत्रअनुसार तत्कालीन मेयर दीपक बिक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनसहित १४ जनाविरुद्ध तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो असुल र कैद सजाय माग गरिएको छ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत, काठमाडौंमा प्रतिवादी बनाइ मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...