देउवाले भने ‘कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन लाग्नुस्’

धनगढी : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन् ।

बुधवार महाराजगन्जस्थित देउवा निवासमा भएको भेटघाटका क्रममा देउवाले प्रदेश सरकारको तर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन निर्देशन दिएका हुन ।

उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेता–कार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने बताए ।

स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको अपरिहार्यता रहेकोमा देउवाको जोड थियो । सो अवसरमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग पनि मुख्यमन्त्री शाहले भेटघाट गरेका थिए ।

Deep Jyoti Pustak psl
Loading...