धनगढी : कैलालीमा ५५ प्रतिशत मतदान भएको छ । बिहीबार भएकाे मतदानमा ५५.३७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । कुल ५ लाख ५१ हजार ५२ मतदाता मध्ये जिल्लाभर कूल ३ लाख ५ हजार १ सय २२ मत खसेको छ ।जुन कुल मतदाताको ५५.३७ प्रतिशत हो।
जसमा कैलाली क्षेत्र नं. १ मा ५४.४३ मत खसेकाे छ । याे क्षेत्रमा कूल एक लाख ८ ४९१ मतदाता थिए ।उनीहरू मध्ये ५९ हजार ६१ जनाले मतदान गरेका छन । क्षेत्र नं. २ मा ५६ हजार ७७० मत खसेकाे छ । याे कूल एक लाख ७ हजार ७५७ काे ५२.६८ प्रतिशत हाे । क्षेत्र नं. ३ मा भने ५५.२५ प्रतिशत मत खसेकाे छ । कूल एक लाख ९ हजार १२२ मतदाता मध्ये ६० हजार २९४ जनाले मतदान गरेका छन् ।
क्षेत्र नं. ४ मा ५४.७४ प्रतिशत मत खसेकाे छ । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेकाे छ । क्षेत्र नं. ५ मा भने सबैभन्दा धेरै ५९.६७ प्रतिशत मत खसेकाे छ । एक लाख १० हजार ५३९ मध्ये ६५ हजार ९६३ मत खसेकाे छ ।