अत्तरिया : पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका छन। पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपा फराकिलो मतान्तर सहित विजयी भएको छ ।
कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत सहित विजयी भएकी छिन । यहाँ उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याएका थिए ।
कैलाली २ मा रास्वपाका केपी खनाल विजयी भएका छन् । उनी १९ हजार ५७ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नेपालका पति राम चौधरीले ११ हजार ९४९ मत ल्याएका छन् ।
कैलाली ३ मा रास्वपाका उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन् । जोशीले २० हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरेका छन् ।
कैलाली ४ मा रास्वपाका खेम राज कोइराला विजयी भएका छन् । २८ हजार ५५६ मत सहित उनी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरख बहादुर विष्टले ११ हजार ३०१ मत ल्याएका छन् ।
कैलाली – ५ मा रास्वपाका आनन्द बहादुर चन्दले विजयी भएका छन् । ३१ हजार ९५३ मत ल्याएर चन्द विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नर नारायण शाहले ११ हजार ९५८ मत ल्याएका छन् ।