स्वास्थ्य युवा महोत्सवको स्थान तय

अत्तरिया : कैलालीको अत्तरियामा मंसिर २ गतेदेखि ६ गतेसम्म आयोजना हुन लागेको स्वास्थ्य युवा महोत्सवको स्थान तय गरिएको छ।

Dhangadhi_Tihar 2083

आयोजकका अनुसार महोत्सव गोदावरी नगरपालिका–२, तेघरीस्थित पार्टनर प्यालेसमा सञ्चालन हुनेछ। समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो।

महोत्सवमा स्वास्थ्य, सचेतना तथा विभिन्न सामाजिक विषयलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। साथै, समुदायका सबै वर्गको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले टोल तथा वडामा रहेका एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा किशोरकिशोरीलाई कार्यक्रममा सहभागी गराउन आग्रह गरिएको छ।

नेपाल चेम्बर अफ कमर्सले जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित सबै पक्षलाई लक्षित समुदायसम्म सूचना पुर्‍याई उनीहरूको सहभागिताका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेको छ। महोत्सवले स्वस्थ युवा र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Loading...