अत्तरिया : कैलालीको अत्तरियामा रहेको थ्रिडिभिएल क्रियसनको दोस्रो साधारण सभा सम्पन्न भएको छ । आइतबार स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठकको प्रमुख अथित्यतामा सहकारीको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष दिपक ओझाको सभापतित्वमा भएको साधारण सभामा अत्तरिया क्षेत्रमा क्रियासिल विभिन्न सामाजिक सङ्घसंस्थामा आवद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले थ्रिडिभिएलले छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष ओझाले कोरोना माहामारीको समयमा जन्मिएको संस्था पछिल्लो समय सुदूरपश्चिम भरीनै विस्तार भइसकेको बताए । उनले संस्थामा आवद्ध युवाहरूलाई व्यवसाय सँग जोड्नको लागि थ्रिडिभिएलकै नामबाट थ्रिडिभिएल सहकारी र थ्रिडिभिएल प्रोडक्सन संचालन गरिएको बताए ।
कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान तथा प्रसंसा पत्र प्रदान गरिएको थियो ।
