चट्याङ लागेर एकै गोठका ७२ भेडा मरे

सङ्खुवासभा : सङ्खुवासभाको सभापोखरी गाउँपालिका-५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएकाे शनिवार रातकाे समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए ।

सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेका जानकारी दिए । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकै ठाउँ मरेको भेटिएको उनले बताए ।

अहिले क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ ।

घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त गरी ६० वटाभन्दा बढी भेडीगोठ छन् ।

Deep Jyoti Pustak psl
Loading...